हेटौँडा बजारक्षेत्रको सडक फराकिलो हुन्छ – मुख्यमन्त्री पौडेल

0


सुनिल शिवाकोटी

हेटौँडा, १० असार । सडक डिभिजन कार्यालयले असार ७ गते पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको किनारामा अतिक्रमणमा गरेर बनेका घर टहरा खालि गराउन १५ दिने सुचना प्रकाशित गरैसंगै २५ मिटर अभियानले अहिले फेरी एक पटक हेटौँडा बजार तताएको छ ।
यसै सन्दर्भमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा बजार क्षेत्र फराकिलो हुने बताउनुभएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकको उदघाटनका क्रममा मुख्यमन्त्री पौडेलले २५ मिटर भत्काएपनि, १६ मिटर भत्काएपनि अब हेटौँडा बजार फराकिलो हुनेमा दुई मत नरहेएको बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि रहेको मुख्य मन्त्री पौडेलले घमाउरो तरीकामा अब बजार क्षेत्रलाई फराकिलो पारेर हेटौँडा नगर भित्र पर्ने उक्त स्थानमा बन्ने घरहरुमा एकै प्रकारका रङ् लगाई बजार क्षेत्रलाई नयाँ रुप दिएर देशभर चिनाउनु पर्ने बताउनुभयो ।

Share.

Leave A Reply