हुप्सेकोट–बुङ्गदीकाली सडकको ट्र्याक खुल्यो

0

 

नवलपरासी, २४ वैशाख । पूर्वी नवलपरासीको पहाडी क्षेत्रअन्तर्गत हुप्सेकोट झ्यालबास बसेनी रुचाङ्ग हुँदै डेढगाउँ बुङ्गदीकाली सम्मको सडकको ट्र्याक खोलिएको छ ।

चालु आर्थिक वर्ष २०७४/७५ मा हुप्सेकोट र बुङ्गदाकाली गाउँपालिकाको क्रमशः रु ६०/६० लाख खर्च गरेर सडकको ट्र्याक खोलिएको हुप्सेकोट गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिनुभयो । सो ट्र्याक खोलिपछि पहाडी क्षेत्रको तीनवटा स्थानीय तह हुप्सेकोट, बुङ्गदीकाली र बुलिङ्टार गाउँपालिका (साबिक १३ गाविस) का जनतालाई राजमार्गसम्म आउन र उत्पादित वस्तुलाई बजारसम्म ल्याउन निकै सजिलो हुनेछ ।

पहाडी क्षेत्रमा सबैभन्दा बढी सडक पूर्वाधारको समस्या रहेकाले सो समस्या केही भए पनि समाधान गर्न र पहाडी क्षेत्रका जनतालाई पनि सदरमुकामसम्म आउन सजिलो होस् भन्ने उद्देश्यले सो पहाडी क्षेत्रको ट्र्याक खोलिएको हम्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।

पहाडी क्षेत्रको प्रमुख वैकल्पिक बाटोका रुपमा विकाससँगै प्रदेश नं ४ मा खोलिएको सो ट्र्याक तनहँु  हुँदै राजधानी पोखरा पुग्न सबैभन्दा सजिलो र भरपर्दो वैकल्पिक सडकका रुपमा विकास गर्न सकिन्छ ।

Share.

Leave A Reply