हात्ती नियन्त्रणमा ध्यान नदिएको बिरोधमा माडी उपत्यकामा आन्दोलन

0

माडी, मंसिर १३ । हात्ती नियन्त्रणमा निकुञ्ज प्रशासन एवं राज्यले ध्यान नदिएको बिरोधमा माडी उपत्यकामा आन्दोलन गरिएको छ ।

हात्तीको आक्रमणबाट माडीमा लगातार मानवीय क्षती भइरहेपनि निकुञ्ज प्रशासन एवं राज्यले त्यसको नियन्त्रणमा ध्यान नदिएको बिरोधमा यतिखेर माडी उपत्यका आन्दोलनरत छ । बिहीबार बिहानैदेखि माडीका चोक एवं बजार क्षेत्रमा स्वतस्फूर्त रुपमा आन्दोलनकारीहरु सडकमा निक्लिएर प्रदर्शन गरिरहेका छन् । माडीको सार्वजनिक यातायात सेवा बन्दप्रायः देखिएको छ ।

बिहान माडी क्याम्पसका विद्यार्थीहरुले ¥यालीसहित बसन्तपुर बजार परिक्रमा गरी दिवाकरचोकमा कोणसभा सम्पन्न गरेका छन् ।

सभाका सहभागीहरुले निकुञ्ज तथा वन संरक्षण ऐनको जनपक्षीय शंसोधन हुनुपर्ने, घटनाका पीडितहरुलाई राहत नभई पूर्ण क्षतीपूर्ति दिइनुपर्ने, जीउधनको सुरक्षा हुनुपर्ने नागरिकको संविधान प्रदत्त हकको प्रत्याभूति हुनुपर्ने, जंगली जनावरहरुको मानव बस्ती प्रवेश नियन्त्रण गरिनुपर्ने लगायतका माग राखेका छन् ।

Share.

Leave A Reply