हर्दिमा ७८ जनालाई ज्वरोले सुतायो, पशुलाई भ्यागुतेले छोयो

0


गैँडाकोट । गैँडाकोट ३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ । हर्दिमा एक जनामा डेंगो देखा परेपछि गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले चेक जाँचका क्रममा ज्वरोबाट प्रभावितको संख्या धेरै रहेको पाइएको छ । सामान्य ज्वरो आएकाहरुको रगत परिक्षणका क्रममा ७८ जना भन्दा बढीमा ज्वरोको संक्रमण देखिएको छ । हर्दिमा ३ सय जना कुल जनसंख्यामा ७८ जनामा भाइरल ज्वरोको संक्रमण भेटिएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्रराज शर्माले बताउनुभयो । रेपिड रेष्पोन्स टिमले औषधि उपचार सहित चेकजाँच गरेको छ । रेपिड रेस्पोन्स टिमले सामान्य अवस्थाका विरामीको हर्दिमा नै उपचार गरेको छ । भने केहीलाई स्वास्थ्य चौकीमा बोलाइएको छ ।  यसैगरी हर्दिमा पशुमा पनि भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगले पशुहरु विरामी परेपछि  नगर पशु शाखाबाट २ जनाको टोलीले पशुहरुको परिक्षण गरेको गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । तिवारी केहि दिन अघि हर्दि पुग्दा डेगांका विरामी देखिएपछि नगरस्वास्थ्य शाखामा जानकारी गराई टोली लगिएको थियो ।

 

Share.

Leave A Reply