हर्दिको कथा,तलवबिनाको डेढबर्षे ब्यथा

0

नगरपालीका घोषीत भएको ४ बर्ष भैसक्दा पनि न बाटोघाटो न बिजुली बत्ती न स्वास्थ्यसंस्था नगरपालीकाबाट प्रदान हुने सेवा सुबिधाबाट धेरै बन्चीत हर्दिमा कक्षा ५ सम्म पढाई हुने एउटा बिद्यालय छ । मौलादेवी प्राबि । कक्षा ५ सम्मको बिद्यालय तह लाई आधारभुत बिद्यालय भनीएपनि सो बिद्यालयको नाम परिवर्तन भएको छैन् । ५ जना शिक्षक कर्मचारी रहेको बिद्यालयमा अध्यापन गर्ने एक शिक्षिका करिब डेढ बर्षदेखी बिना तलब काम गरीरहेकी छन् ।

–लक्ष्मी पौडेल

२०६७ साल जेठ २ गते मौलादेवी प्राविमा बालकक्षा शिक्षकको रुपमा सरकारी नियुक्ती भएपनि ३० बर्षीय शारदा आचार्य अहिले सो बिद्यालयमा निजी स्रोतबाट अध्यापन गराईरहनुभएको छ ।

काम गरेको ७ बर्षमा पछिल्लो ३ बर्ष देखी उहाँको पारिश्रमीक नियमीत छैन् । बिना तलब नै भएपनी उहाँले पढाउन छोड्नुभएको छैन् । पहिले सरकारी कोटामै जागीर खानुभो । जागीर खाएको एक बर्षमा नै २०६८ भदौ ९ गते बाट आकर्षक तलव र सुबिधाको आश्वासनमा गाउका र बिद्यालयका अगुवाको सुझावअनुसार उहाँले बालकक्षा शिक्षकको पद छोडेर निजी श्रोतमा कक्षा ५ सम्म गणित बिषय अध्यापन गराउन थाल्नुभयो । बालकक्षाका लागी अर्को शिक्षकको नियुक्ती भयो । तर ३ बर्ष देखी वहाँको तलव कहिले ६ महिनामा ३ महिनाको आउने कहिले १ बर्षमा केही महिनाको आउने हुन थाल्यो ।नियमित तलवका लागी बिद्यालयलाई दबाब दिएपनि बिद्यालयले आन्तरीक स्रोतबाट तलब खुवाउन नसकेको बताउदै आएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो–“तलब त गएको बर्ष पनि दशैँमा त आउला भनेर पर्खेँ आएन । अहिले भौतीक निमार्णका लागी आएको बजेटबाट छुट्याएर तिन महिनाको तलव मात्र आयो । डेढ बर्ष जतीको तलब लिनै छ ।” उहाले थप्नुभयो–“स्कुल किन छोडौँ गाउँकै हो । यहाँ पनि मान्छे आवश्यक नै छ भनेर पढाईरहेकै छु तलब आउला भन्ने आशा छ ।” बिद्यालयको हरेक बैठकमा आचार्यको तलबको बिषयले चर्चा पाउछ । शारदाले भन्नुभयो–“भनीरहन्छु मैले त अरुले ४÷४ महिनामा तलब खादाँ मन अमिलो हुन्छ । बनले दिने भन्ने सहमती भएको हो । बनले दिन छाड्यो मैले पाउन छोडे ।”
स्थानीय हर्दिकेलादी सामुदायीक बन बिद्यालयको मुख्य दाता हो । सोही बनले रकम उपलब्ध गराउने सहमतीमा समुदाय र बिद्यालय तथा बनको त्रिपक्षीय सम्झौतामा निजी शिक्षक नियुक्त गरीएको हो । बिद्यालयका प्रध्यानाध्यापक केदारनाथ पौडेलसंग बुझ्दा हर्दिकेलादी सामुदायीक बनले रकम उपलब्ध गराउने सहमती भएपनी नगराउदा समस्या भएको बताउनुभयो । बनले गएका दुई बर्षदेखी तलब बापतको रकम दिन रोकेको छ । पौडेलले भन्नुभयो–“बनले निरन्तर पैसा दिदाँ त कुनै समस्या थिएन् । अहिले बनमा किचलो छ, बनको आम्दानी व्यवस्थापन र समितीको लापरबाहीका कारण पैसा आएन । हामिले कसरी खुवाउने ? एउटा प्राबि स्कुलका लागी जिल्ला शिक्षाले के कती दिन्छ हजुर आफै पनि बिचार गर्नुस् ।” पौडेलले बिद्यालयका लागी आउने मसलन्द खर्चबाट पनि बिद्यालयकै लागी साम्रागी पु¥याउन समस्या हुने गरेको दुखेसो गर्नुभयो । पौडेलले भन्नुभयो–“यो बिद्यालयको आफै आम्दानी हुने आन्तरीक स्रोत छैन् । यो जग्गा पनि जनक स्कुलको हो अर्काको जग्गामा स्कुल छ बनले पैसा दिन छोड्यो । मसलन्द खर्चका लागी आउने पैसाले पुग्दैन् । आर्थीक अभाव सबैभन्दा जटील बिषय बनेको छ हामीकहाँ ।”

मौलादेवी प्रावि मा हर्दि र केलादीका करिब ७५ बिद्यार्थी अध्ययन गर्छन् । जंगलको बाटो र टाढा बिद्यालय भएका कारण तत्कालीन गैँडाकोट गाविसको ५० हजार र विभिन्न संस्थाको सहयोगमा एउटा भवन केलादीमा पनि निमार्ण गरिएको छ । जहाँ केलादीका २५÷२६ बिद्यार्थीले कक्षा १ देखी ३ सम्म अध्ययन गर्छन् । अरु बिद्यार्थीले केलादीमै । हर्दिकेलादी सामुदायीक बनका अध्यक्ष समेत रहनुभएका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम गुरुङले स्थानीय निकायसंग समन्वय गरेर भएपनि तलव दिलाउने प्रयास गर्ने बताउनुभयो । उहाँले यसभन्दा अगाडीको बनको कार्यसमितिका कारण बिद्यालयलाई सहमती अनुसार रकम उपलब्ध गराउन नसकिएको बनको आम्दानी बढाउन नसकिएको र अहिले समस्या भएको स्विकार्नुभयो । गुरुङले भन्नुभयो–“म त भर्खर अध्यक्ष भएको छु । अब सबै लथालिंग भएको बेला कती सक्छु सम्हाल्ने प्रयास गर्ने हो ।” शिक्षकको माडपानी नै रोकिदिन त भएन नी भन्ने हाम्रो प्रश्नमा उहाँले शिक्षकलाई तलब खुवाउन समुदायबाट नभए नगरपालीकाले दिने सहयोग बढाउन माग गरेर भएपनी खुवाउने बताउनुभयो ।

 

Share.

Leave A Reply