हरी ॐ सत्संग् साधना सदनको छैठौं वार्षिकोत्सव तथा अक्षय तृतिया विशेष कार्यक्रम एवम् स्व. मेघनाथ खनालको द्वितिय स्मृति दिवस

0


प्रेम क्षेत्री
वैशाख २४, गैंडाकोट । हरी ॐ सत्संग् साधना सदन गैंडाकोट ९ थुम्सीको छैठौं वार्षिकोत्सव तथा अक्षय तृतिया विशेष कार्यक्रम एवम् स्व.मेघनाथ खनालको द्वितिय स्मृति दिवस सम्पन्न भएको छ ।

सभासँगैं कार्यक्रममा उपस्थित सम्पूर्णलाई जौको सातु तथा सर्वत वितरण गरिएको थियो । परम्परागत संस्कृतिहरु लोप हुदैं गईरहेको भन्दै संस्कृति बचाउन पनि यस्ता खालका कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो । स्व.मेघनाथ खनालको द्वितिय स्मृतिका अवसरमा सत्स∙मा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै टिकालाल पौडेललाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले परम्परागत संस्कृतिहरु लोप हुने अवस्थामा रहेको जनाउँदै यस्ता कार्यक्रमले संस्कृति जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । साथै उहाँले संस्कार र संस्कृति जोगाउन नगरपालिका प्रतिवद्ध रहेको बताउँदै धार्मिक संघ संस्थालाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा, ७ का वडाध्यक्ष चोलानाथ उपाध्याय, धार्मीक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, सामुदायिक बन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, पण्डित निलाकण्ठ मरासिनी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरुले धर्मले मानिसलाई अनुशासनमा राख्ने बताउँदै सधै सत्मार्गमा हिंड्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गैंडाकोट नगर उप प्रमुख विष्णुकुमारी कंडेल, गैंडाकोट ९ का वडा सदस्य भवानी बर्तौला, नगर कार्यपालिका सदस्य निरा दर्जी, कुमारी रेखा पौडेल, शुकबहादुर दराई, समाजसेवी अग्निप्रसाद सापकोटा, हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टिकाराम सापकोटा, हरिहर सन्न्यास आश्रमका अध्यक्ष होमनाथ सापकोटा, कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष धनप्रसाद सापकोटा, गोपेश्वर मन्दिरका अध्यक्ष सिता न्यौपाने लगायतको उपस्थिती रहेको थियो । हरी ॐ सत्स∙ साधना सदनका अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका कोषाध्यक्ष ठुमा सापकोटाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजिकरण हरि सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply