हरिहर क्षेत्र देवघाटमा भक्तजनको घुईंचो

0


देवघाट, ३ मंसिर । हरिबोधनी एकादशीको दिन देवघाटधाममा भक्तजनको घुईंचो लागेको छ । हरिबोधनी एकादशी अथवा तुलसीको विवाहको दिन श्री विष्णुभगवानको विशेष दिन भएको हुँदा हरिहर क्षेत्र देवघाटमा स्नान गर्नाले पूण्य मिल्ने जनविश्वास रहेको छ । देवघाट पवित्र देवभूमि भएको हुँदा स्नान गर्नाले मनोकामना पुरा हुनाले देवघाट धाममा आइपुगेको चितवन भोजाड निवासी गोमा केसीले बताउनुभयो । यसैगरी काठमाडाँैदेखि आउनु भएका गणेश पन्थी देवघाट धाममको धार्मिक वातावरणले लालायित बनाएको बताउनुभयो । यस भुमिमा आउँदा आफूलाई पवित्र महशुस हुने पन्थीको भनाइ छ । विजय एफ एमले गरेको प्रत्यक्ष प्रसारणमा बोल्दै भरतपुर निवाशी देवकला गौतमले देवभूमिमा आएर पूजा अर्चन गर्नाले साक्षात हरिहरको दर्शन मिल्ने बताउनुभयो । कास्की जिल्लाबाट आइ देवघाट धाममा तीन दशक देखि बस्दै आउनुभएका फलारी बाबाले देवघाट धाममा प्राचिन कालमा देवहरुले स्नान गर्न आउने भएकाले यस क्षेत्रको विशेष महत्व रहेको बताउनुभयो ।

Share.

Leave A Reply