हत्या हिँसाको अन्त्य भएको भन्दै सरकार झुठ बोल्यो ः काँग्रेस नेता संग्रौला

0

गैडाकोट, ११ चैत्र । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. डिला संग्रौलाले सरकारले हत्या हिँसाको अन्त्य भएको भन्दै सरकारले झुठ वोलेको बताउनुभएको छ ।

देशमा हत्या हिँसाका घटना बढिरहदा पनि सरकारले झुठ वोलेर गैरजिम्मेवार बनेको बताउनुभयो । बलात्कार पछि हत्या गरिएकि कन्चनपुरकि १३ वर्षिय निर्मला पन्तको हत्याको अभियुक्तलाई सरकारले संरक्षण गरेर राखेको नेपाली उहाँको आरोप छ । नेपाल महिला संघका पुर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका उहाँले ससदमा यसबारे पटकपटक आवाज उठाउने गरेको भएपनि सरकारले चासो नदिएको उहाँको भनाई छ ।

नेपाल प्रेस युनियन नवलपुरले आज कावासोतिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै सभासद डाक्टर सग्रौलाले नेपाली सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीले लिनु संविधान विपरित भएको बताउनुभयो । सरकार बहुमतको दम्भबाट चलिरहेको भन्दै सबै सगको सहकार्य र एकता बाट मात्रै देश समृद्ध हुने धारणा राख्नुभयो सरकारले सिके राउत जस्ता विखण्डनकारिसंग सम्झौता गरेको तर विप्लव समुहलाइ प्रतिवन्ध गरेसगै देश द्वन्द्वकालमा गएको बताउनुभयो ।

नेपाल प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुली को सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा प्रदेश ३ का सासद मिलन बाबू श्रेष्ठ, नेपाली कग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे लगाएतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply