हजुरबा हजुरआमाको आशिर्वाद थाप्दै बिबेकशील साझा

0

गैँडाकोट, ८ मंसिर । विवेकशील साझा पार्टीले गैंडाकोटमा चुनावी कार्यक्रम गरेको छ । गैंडाकोट २ को शिलन्यास चोकबाट विवेकशील साझा पार्टीका उम्मेदवारसहित चुनावी घरदैलो कार्यक्रम गरेको हो । सामाजिक सञ्जालबाट चुनावी कार्यक्रमलाई बढी फोकस गरेको यस पार्टीले घरदैलो कार्यक्रमलाई थप मजबुत बनाउँदै लगेको छ । हिजो गैँडाकोटमा भएको चुनावी सभामा रञ्जुदर्शनाको मन्तव्य पछि यहाँका जनतामा विवेकशील साझामा आकर्षण बढेको प्रतिनिधि सभाका उम्मेदवार हरिप्रसाद गौतमले बताउनुभयो । गोतमले राजनीतिमा इमान र नैतिकताको खडेरी लागेको सन्दर्भमा हजुरबा हजुरआमाको आशिर्वादले धेरै हौसला र जिम्मेवारी थपेको बताउनुभएको छ । गौतमले भन्नुभयो – अहिले घरदैलो कार्यक्रममा छाँै, पिँढीमा उभिदै हजुरबा हजुरआमाले देश विग्रेको गुनासो गर्नुभएको र सुधारका लागि आशिर्वाद दिनुभएको छ । विवेकशील साझा पार्टीले नवलपुरमा समानुपातिक तर्फ मत तान्ने धेरैको विश्लेषण समेत रहेको छ । कार्यक्रममा प्रदेश क का उम्मेदवार भिमप्रसाद आचार्य पनि घरदैलो कार्यक्रममा रहनुभएको थियो ।

Share.

Leave A Reply