स्व. कृष्णप्रसाद सापकोटा स्मृतिकप क्रिकेटमा आज रोमाञ्चक भिडन्त

0

डोलराज रानाभाट, गैडाकोट, १४ फाल्गुण । गैडाकोट ९ थुम्सीमा जारी स्वर्गीय कृष्णप्रसाद  सापकोटा स्मृतिकप क्रिक्रेटमा आज राष्ट्रिय खेलाडी सहितको रोमाञ्चक भीडन्त हुने भएको छ ।

नवजागरण ग्रामिण विकास केन्द्र गैंडाकोटको आयोजनामा जारी प्रतियोगिताको पहिलो खेल अहिले विहान १० बजे सुरु हुनेछ । जसमा  आयोजक नवजागरण ग्रामिण विकास केन्द्र ए र सरस्वती निकेतन कलेजबीच कडा प्रतिस्पर्धा हुने सदस्य सुधीर पाण्डेले विजय एफएमलाई जानकारी दिनुभयो ।

त्यस्तै दिउसो २ बजे हुने दोस्रो खेल राष्ट्रिय खेलाडी सहितको हुने उहाँको भनाई छ । प्रदेश नम्वर ४ नवलपुर र प्रदेश नम्वर ५ मा अवस्थित भुमहीको राइजिङ्ग स्टार क्रिक्रेट वीचको खेल अझै रोमाञ्चक वन्ने भएको हो । राष्ट्रिय क्रिक्रेट खेलाडी राहुल विश्वकर्मा र दिपेश श्रेष्ठ सहितको खेल हुने भएकोले यस खेललाइ थप चासो दिइएको छ ।

हिजो भएको खेलमा चितवन क्रिकेट एकेडेमीे विजयी भएको छ । १०८ रनको लक्ष्य पछ्याउदै गर्दा बर्दघाट क्रिकेट १९.५ ओभरमा ९४ रनमै अलआवट भएपछि जित चितवन क्रिक्रेटको पक्षमा परेको हो ।

Share.

Leave A Reply