स्व. कृष्णप्रसाद सापकोटा स्मृतिकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

0

प्रेम क्षेत्री
फागुन ११, गैंडाकोट । नवजागरण ग्रामिण विकास केन्द्र गैंडाकोट ९ थुम्सीको आयोजनामा शनिबारदेखी स्व. कृष्णप्रसाद सापकोटा स्मृतिकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक नवजागरण ग्रामिण विकास केन्द्र ‘बी’ र शाईनिङ माविविच प्रतिस्पर्धा भईरहेको छ । पहिले टस जितेर व्याटिङ गरेको नवजागरणले १६.१ ओभरमा पुरै विकेटका क्षतिमा ९२ रनको लक्ष्य पेश गरेको छ ।


प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय, कप, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई २१ हजार १ सय, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नवजागरण ग्रामिण विकास केन्द्रका सचिव रेशम सापकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा हालसम्म १६ टिमले सहभागिता जनाएको खेल संयोजक विनोद दराईले जानकारी दिनुभयो ।


नवजागरण बचत तथा ऋण सहकारी संस्था सह आयोजक रहेको प्रतियोगितामा ईनाक्षी ईन्टरटेन्मेन्ट अष्ट्रेलियाको मुख्य प्रायोजक, सापकोटा ट्रान्सपोर्ट अष्ट्रेलिया, जयश्री फुड्स, गैंडाकोट कन्स्ट्रक्सन, अघोरी मल्टिप्रपोज विजनेश प्रा.लि. प्रायोजक, खनाल बजार, जयश्री सप्लायर्स, होटल जयश्री, रक एण्ड ज्याक र युनाईटेड पोलीस्याक्स सह प्रायोजक रहेका छन् ।
यसअघि उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास केसीले जिल्लामै नवजागरण खेल मैदान र यसले खेल क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै नवजागरण गाउँ ठाउँमा रहेका प्रतिभा प्रस्फुटनको माध्यम बनेको बताउनुभयो ।


कार्यक्रमका अध्यक्ष एवं नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष नारायण प्रसाद सापकोटाले खेलप्रेमी सहयोगी सवैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि खेललाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा स्व. कृष्णप्रसाद सापकोटाका परिवारजन सहायोगी दाता नन्दकली सापकोटा, गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, वडा सदस्य भवानी बर्तौला, धामनाथ सापकोटा, विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्री लगायत स्थानिय सहयोगी दाता, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीको आतिथ्य रहेको थियो । यसअघि नै गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले खेल मैदानको अवलोकन गर्नुभएको थियो ।


सो अवसरमा प्याराफिटको उद्घाटन समेत गरिएको छ । प्याराफिट निर्माणार्थ सहयोग गर्ने दाता गैंडाकोट ९ निवासी रत्नाखर सापकोटा, जनप्रतिनिधी धामनाथ सापकोटाले प्याराफिटको उद्घाटन गर्नुभयो ।

Share.

Leave A Reply