स्वास्थ्य स्वयंसेवीकालाई वडाध्यक्षको साथ

0

गैँडाकोट २९ कार्तिक

गैँडाकोट नगरपालीका १ की स्वास्थ्य स्वयंसेवीका पार्बती चालीसेले साईकल उपहार पाउनुभएको छ । गैँडाकोट १ बाट निर्वाचीत वडाअध्यक्ष हरिप्रसाद सापकोटाले गाउँ गाउँमा पुगेर सर्वसाधारणलाई स्वास्थ्य सेवा र जानकारी दिने महिला स्वयंसेवीकाको मनोवल बढाउन र सामाजीक सेवामा अझै प्रोत्साहन गर्न नगरपालीकाले साथ दिएको बताउनुभयो । मंगलबार गैँडाकोट नगरपालीकाको नगर स्वास्थ्य शाखामा भएको कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेल र नगर उपप्रमुख विष्णु कुमारी कंडेल सापकोटाले संयुक्त रुपमा चालीसेलाई साईकल हस्तान्तरण गर्नुभयो ।

वडाध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरस्वास्थ्य प्रमुख ईन्द्रराज शर्माले निशुल्क रुपमा सेवारत महिला स्वास्थ्य सेवीकाका लागी वडाध्यक्षको पहल सह्रानिय रहेको बताउनुभयो । विजय एफएम संग कुरा गर्दै नगर स्वास्थ्य प्रमुख शर्माले वडाध्यक्षले वडाका लागी विनियोजीत बजेटबाट स्वास्थ्य स्वयंसेवीकालाई सम्बोधन गरेको प्रती धन्यवाद व्यक्त गर्नुभयो ।

साईकल वितरण कार्यक्रमको समापन गर्दै वडाध्यक्ष सापकोटाले स्वयंसेवीकाको सेवाभावनाको कदरस्वरुप आफ्नो पहिलो प्रयास भएको तर आगामी दिनमा नगरपालीकाले पनि कुनै न कुनै रुपमा सम्बोधन गर्ने बताउनुभयो । हरेकका घर घर पुग्ने स्वंयसेवीकाहरु साधनविहिन हुँदा स्वास्थ्य सेवा प्रवाहमा समेत प्रभाव परेकोले सहयोग आवश्यक परेको वहाँको भनाई थियो । विभिन्न वडाका वडाध्यक्ष, सरोकारवाला पक्ष र गैँडाकोट क्षेत्रका स्वास्थ्य सेवीकाको सहभागीतामा साईकल पाएपछि स्वयंसेवीका पार्वती चालीसेले खुसी व्यक्त गर्नुभयो । गैँडाकोट नगरपालीकामा हाल ३९ जना स्वाथ्य स्वयंसेवीका सेवारत छन् ।

Share.

Leave A Reply