स्वास्थ्यमा अजिनोमोटोले यसरी असर गर्छ

0

एजेन्सी । रेष्टुरेन्टको मम होस् वा चाउमिनदेखि प्याकेट बन्द चाउचाउ, चिप्स, फास्टफूड, टोमेटो ससहुँदै अजिनोमोटो हाम्रो भान्समा प्रवेश गरिसकेको छ । अजिनोमोटो, जसले खानेकुराको स्वाद बढाउँछ । तर, स्वस्थ्यकर भने होइन । अजिनोमोटोको प्रयोगले शरीरमा इन्सुलिनको मात्रा बढ्छ । जब अजिनोमोटोयुक्त खानेकुरा सेवन गरिन्छ, रगतमा ग्लूटामेटको स्तर बढ्छ । यहि कारण शरीरमा गंभरि असर पर्छ । यसलाई मन्द विष समेत भनिन्छ । किनभने अजिनोमोटोले क्रमस शरीरका विभिन्न अंगका कार्यक्षमतालाई कमजोर बनाउँदै लान्छ । खासगरी यसले आँखाको रेटिनामा नोक्सान पु¥याउँछ । थाइराईड र क्यान्सर जस्ता रोगलाई समेत निम्त्याउँछ ।
के हो अजिनोमोटो
यसलाई मोनोसोडियम ग्लूटामेटको नामले चिनिन्छ । खासगरी चीनको अधिकांश खानेकुरामा यसको प्रयोग हुन्छ । धेरैजसो फास्टफूडमा अजिनोमोटो प्रयोग गरिन्छ । अजिनोमोटोले टाउको दुख्ने, अधिक पसिना आउने, चक्कर लाग्ने जस्ता समस्या निम्त्याउँछ । यदि यसको अधिक प्रयोग गरिएको छ भने त्यसले मस्तिष्कलाई समेत असर पु¥याउँछ । अजिनोमोटोको प्रयोगले शरीरमा पानीको मात्रा कम हुन्छ । अनुहार सुन्निन सक्छ । सास फेर्न गाह्रो हुने, छाती दुख्ने, थकान लाग्ने, तल्लो पेट दुख्ने, पखला लाग्ने जस्ता समस्या पनि यसले निम्त्याउँछ । खासगरी गर्भवतीले अजिनोमोटोको सेवन गर्नै हुन्न । किनभने यसले गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ । साथै मस्तिष्कको न्युरोन्समा पनि नराम्रो असर पार्छ । यसले शरीरमा सोडियमको मत्रा बढाउँछ, जसले रक्तचाप बढ्ने खतरा रहन्छ । साथसाथै खुट्टा सुन्निने भय पनि हुन्छ । अजिनोमोटोयुक्त खानेकुराको नियमित सेवनले माइग्रेन पैदा गर्न सक्छ । अजिनोमोटोको सेवनले छाती दुख्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ । अजिनोमोटोयुक्त खानेकुराको सेवनले मोटोपन बढ्न सक्छ ।

Share.

Leave A Reply