स्वाइन फ्लुका कारण स्याङ्जाका एकजनाको मृत्यु

0

साउन १२ – स्वाइन फ्लुबाट स्याङ्जामा एकजनाको ज्यान गएको छ ।

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर सचेत रहन सबैसँग आग्रह गरेको छ । पत्रकार सम्मेलनमा स्वाइन फ्लुका कारण वालिङ–९ का ४९ वर्षका खुमप्रकाश अर्यालको टिचिङ अस्पतालमा निधन भएको जानकारी गराईएको थियो ।

अर्याल वालिङमा उपचार गरी पोखरा हुँदै काठमाडौं उपचारका लागि पुग्नु भएको थियो । अर्यालको स्वाइन फ्लुका कारण भएको अस्पतालले जनाएको छ । केही हप्तादेखि वालिङ तथा आसपासमा ज्वरोका बिरामी बढेका छन् ।

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६०÷७० जना ज्वरोका बिरामी आउने गरेको केन्द्रले जनाएको छ ।

Share.

Leave A Reply