स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती

0

पूर्णप्रसाद शर्मा, १८ असार–चितवन । नेपालको जनक्रान्ति, जनआन्दोलन तथा गणतन्त्रका नायक गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती चितवनमा बिबिध कार्यक्रम गरी मनाईएको छ । गिरिजा प्रसाद कोईराला फाउन्डेशन चितवन क्षेत्र नं २ ले चितवनले आज नारायणगढमा नेपालको जनक्रान्ति, जनआन्दोलन तथा गणतन्त्रका नायक गिरिजा प्रसाद कोईराला बिषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बक्ताहरुले गिरिजा प्रसाद कोईराला क्रान्तिकारी तथा शान्तिबादी नेता भएको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेस केन्द्रिय कार्यसमितिले चितवनका काग्रेसहरुको शिर छेदन गरेको गुनासो गरेका थिए । उनीहरुले गिरिजा प्रसाद सँग “ कहिले बालेर जित्ने तथा कहिले नबोलेरै जित्ने बानी रहेको स्मरण गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली काग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले आजको बिकासको मोडल २०४८ सालको सरकारले ल्याएको बिकासको अवधारणा भएको बताउनुभयो । चुनाबको परिणाम नेपाली काग्रेसको पक्षमा नआएनी हार्दिकता, ममता र एकतामा कमी आउन नहुने जिकीर गर्नुभयो । तेरो र मेरो होईन हाम्रो काग्रेस भन्ने अभियानमा लागे सबैको जित हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठ, राजनितिक बिश्लेषक पुरन्जन आचार्य, नेपाली काग्रेस चितवनका पुर्व सभापतिहरु टेक प्रसाद गुरुङ, रामकृष्ण धिमिरे, कृष्णलाल सापकोटा, तोपमान सिह गुरुङ, फाउन्डेशन प्रदेश नं ४ का अध्यक्ष शारदा पौडेल, प्रदेश नं ३ का अध्यक्ष रिता खनाल, फाउन्डेशन चितवनका अध्यक्ष कमल आचार्य लगायतले गिरिजा प्रसाद कोईरालाको योगदानको चर्चा गरेका थिए । कार्यक्रम गिरिजा प्रसाद कोईराला फाउन्डेशन चितवन क्षेत्र नं २ का संयोजक छबिलाल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply