स्नातकोत्तर तहको प्रवेश परीक्षा त्रुटीपूर्ण : प्रजातान्त्रवादी प्राध्यापक संघ

0

डोलराज रानाभाट, गैडाकोट,माघ ८ ।

कृषि तथा विनविज्ञान विश्वविद्यालय, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरले यहि माघ ५ गते लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षामा गतल प्रकृया अपनाइएको प्रजातन्त्रवादी प्राध्यापक संघले जनाएको छ ।

त्रुटीपूर्ण रुपमा परीक्षा संचालन गरिएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको सचिव प्राध्यापक मुकेश कुमार सिँहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

विश्वविद्यालयमा विद्यार्थी भर्ना मर्यादित गर्न निष्पक्ष गुणस्तरीय प्रवेश परीक्षा महत्वपूर्ण हुने तर विश्वविद्यालयले वदनीयतपूर्ण यस्ता परीक्षा संचालन गर्नेगरेको भन्दै पटकपटक भइरहेको असक्षमताको घोर भत्र्सना गरिएको छ ।

स्नातकोत्तर तहको एमएस्सी एनिमल साइन्सको प्रवेश परीक्षामा भर्ना समिति गठनमा विभेदकारी नीति लिएको, प्रश्नपत्रको गोपनीयता भंग गरिएको, आफ्ना नजिकका नातेदार प्रवेश परीक्षामा संम्लग्न हुँदा डीनले समेत आवश्यक न्यूनतम कार्यविधी पुरा नगरी अनुचित कार्यमा संलग्न रही प्रोत्साहन गरेको देखिएको आरोप छ ।

Share.

Leave A Reply