स्थानीय विवाद समाधानको उत्तम उपाय मेलमिलाप ः उपमेयर कडेँल

0


डोलराज रानाभाट,गैडाकोट, २६ पौष ।
कानुनी अधिकृत नहुँदा स्थानीय न्याय सम्पादनमा समस्या भएको गैडाकोटकी उपमेयर विष्णुकुमारी कडेँलले बताउनुभयो । सवै जनप्रतिनिधीले काुनन जानेको नहुने भन्दै स्थानीय विवाद निरुपणका लागि कानुनी अधिकृतको व्यवस्था हुनुपर्नेमा उहाँको जोड छ ।

गाउँपालिका स्तरीय न्यायिक समितिका सदस्यहरु तथा कर्मचारुहिरुका लागि द्धन्द्ध निरुपण तथा मेलमिलाप सम्वन्धी प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

गैडाकोटको विजय विकास स्रोत केन्द्रमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी कडेँलले न्यायीक समितिभन्दा वाहिरपर्ने खालका मुद्धाहरुपनि हेर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

स्थानीय तहमा भएका अधिकाँश विवादहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रयास गरिने र दुवैपक्षलाई विनविनको अवस्था सृजना गराउने प्रयास रहनुपर्नेमा उहाँको जोठ छ । कार्यक्रममा कुमार शर्मा आचार्या प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो । धादिङ र गोरखाका व्यक्तिहरुको प्रशिक्षणमा सहभागीता थियो ।

Share.

Leave A Reply