स्थानीय तह जनप्रतिनिधिबीच फुटबल प्रतियोगिता

0

सुने जितिन्छ विजय एफ एम १०१.६ भाद्र ५ गतेबाट १४ औँ वर्षमा प्रवेश गर्दै छ । १४ औ“ गौरवमय वार्षिकोत्सवका अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमै पहिलो पटक स्थानीयतह जनप्रतिनिधिबीच फुटबल प्रतियोगिता आयोजना गरेको छ । रेडियोले यस प्रतियोगितालाई “फुटबल उत्सब २०७४” नाम दिएको छ । भदौ १ र २ गते हुने यस प्रतियोगिता गैँडाकोट ५ को काँग्रेस चोकको खेल मैदानमा हुनेछ । यस प्रतियोगितामा विभिन्न स्थानीय तहका जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ । केही दिनभित्रै खेल तालिका समेत सार्वजनिक हुनेछ । इच्छुक स्थानीय तहले सहभागिताका लागि रेडियोमा सम्पर्क समेत गर्न सक्नेछन् ।

Share.

Leave A Reply