स्थानीय तहसंग सहकार्य गर्न चाहेका छौँः उवामहासंघ पुर्व अध्यक्ष ढकाल

0

गैँडाकोट कार्तीक २९ ।


उद्योग वाणीज्य महासंघका पुर्वअध्यक्ष चन्डीराज ढकालले उद्योग वाणीज्य संघ स्थानीय निकायसंग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताउनुभएको छ । नवलपरासीको गैँडाकोटमा उद्योग वाणीज्य संघ गैँडाकोटको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनको उद्घाटन गर्दै प्रमुख अतिथी ढकालले उद्योग वाणीज्य क्षेत्र स्थानीय तहको श्रोत साधनको प्रयोगवाट आर्थीक समृद्धीका लागी स्थानीय सरकारसंग मिलेर काम गर्न तयार रहेको र त्यसका लागी खाका बनीसकेको बताउनुभएको हो ।

द नारायणी रिसोर्ट नारायणी किनारमा भएको कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालीकाका प्रमुख छत्रराज पौडेलले नगरपालीकाले नितिगत रुपमै उद्योग वाणीज्य संघ संग सहकार्य गर्ने बताउनुभयो । औद्योगीक क्षेत्रका रुपमा विकास गर्न प्रवल सम्भावना रहेको गैडाकोट क्षेत्रमा नगरपालीका वाणीज्य क्षेत्रसंग सहकार्य गर्न तयार रहेको वहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै नगरपालीकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले नगरपालीकाको अघिल्लो बैठकबाटै सहकार्यको निर्णय भैसकेको भन्दै समृद्ध गैँडाकोट निमार्णका लागी आफुहरु आतुर रहेको बताउनुभयो ।

उद्योग वाणीज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी समन्वय मन्च गैँडाकोटका संयोजक बेदप्रसाद गौडेलले सहकारी ग्राम गैँडाकोटका सहकारी र उद्योगी व्यवसायीबिच सहकार्य आवश्यक रहेको र सहकारी क्षेत्रको ठुलो पुजीँ उद्योगी व्यवसायीका लागी सहायक सिद्ध हुने वहाँले बताउनुभयो ।
कार्यक्रममा समाजसेवी तिलक प्रसाद सापकोटा, शिक्षाविद तथा बरिष्ठ साहित्यकार गोविन्दराज विनोदी मौरीपालक संघका अध्यक्ष राजेन्द्र गौतम लगातयले बोल्नुभएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालीकामा निर्वाचीत मेयर उपमेयर तथा वडाध्यक्षहरु, संगितकार विशाल ढकाल, लगायत विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेहरुलाई सम्मान गरीएको थियो । संघका उपाध्यक्ष दिपक सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमबाट कोषाध्यक्ष एकदेव रिमालको आर्थीक प्रतिवेदन र सचिव छविलाल कंडेलको बार्षिक प्रतीवेदन पारित भएको छ । सचिव कंडेलले प्रतीवेदन प्रस्तुत गर्दै गैँडाकोट नगरक्षेत्रमा यातायात व्यवस्थीत गर्न मध्यक्षेत्रकै व्यवस्थीत बसपार्कका लागी नगरपालीकासंग सहकार्य गर्ने बताउनुभयो । उहाँले नारायणगढ बुटवल सडकखण्ड स्तरोन्नतीको काममा व्यापारीहरुलाई पर्ने अप्ठ्यारोमा सहजता अपनाउने बताउनुभएको छ । यस्तै कोषाध्यक्ष रिमालले प्रस्तुत गरेको प्रतीवेदनमा यसबर्ष करिब २ लाख ३५ हजार नाफा भएको उल्लेख गर्नुभएको छ । संघको कुल आम्दानी १४ लाख ८८ हजार रहेको प्रतीवेदनमा उल्लेख छ । संघको नयाँ नेतृत्व चयनका लागी अहिले अधिवेसन जारी छ ।

Share.

Leave A Reply