स्थानियको सहयोगमा गैंडाकोट कांग्रेसचोकमा जेब्राक्रसिङ निर्माण

0

गैडाकोट, २ चैत्र । स्थानियको सहयोगमा गैंडाकोट कांग्रेसचोकमा जेब्राक्रसिङ निर्माण गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटको समन्वय, महादेव टोल विकास संस्थासँगको सहकार्यमा कांग्रेसचोक निवासी स्थानिय व्यवसायी, सामाजिक अगुवा तथा युवाहरुको सक्रियतामा जेब्रा क्रसिङ निमार्ण गरिएको संयोजक देवराज तिमिल्सीनाले जानकारी दिनुभयो ।

दिनहुँ वढ्दो दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम पालना गरौं भन्ने सन्देश सहित सचेतनामुलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो । पुर्व पश्चिम राजमार्गको गैंडाकोट ५ कांग्रेसचोकमा यात्रुलाई बाटो काट्न गाह्रो भईरहेको अवस्थामा जेब्रा क्रसिङ निर्माणले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका प्रहरी हवल्दार बलबहादुर ओली, समाजसेवी प्रकाश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply