स्तनपान गराउने आमाले विचार गर्नुपर्ने कुराहरु

0

देबराज रेग्मी (चितवन)
नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्यून हुने भएकाले पनि दूध उनको लागि अमृत समान हुन्छ । आमाको दूधमा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, विभिन्न हर्मोन्स, एन्टिबायोटिक्स, ल्याक्टोफोर्मिन, लिम्फोसाइट्स आदि पाइन्छ जसले बच्चामा रोगप्रतिरोधक क्षमता बढाउँछ । त्यसैले, जन्मेदेखि नै आमाको पोसिलो दूध बच्चालाई खुवाउनुपर्छ ।
विशेषज्ञका अनुसार आमाको दूधले बच्चामा कुनैपनि संक्रमण हुन दिँदैन र उनीहरुलाई मोटोपनाको समस्या पनि हुँदैन । स्तनपान गराउन आमाका लागि पनि फाइदाजनक हुन्छ र स्तन, अण्डाशय क्यान्सरको खतरा हुँदैन ।
स्तनपानका क्रममा गरिने सानातिना गल्तीले बच्चामा ठूलै संक्रमण हुनसक्छ । स्तनपान गराउने आसन नमिल्दा तथा स्तनपान गराउन नजान्दा कहिले काहीँ दूध सर्किएर बच्चाको मृत्युसम्म पनि हुनसक्छ । पहिलो बच्चालाई स्तनपान गराउन कतिका लागि समस्या हुन्छ । अनुभव पनि हुँदैन । बच्चा जन्मिएपछिको २४ घण्टासम्म उनलाई ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ । स्तनपान गराउने आमाले पनि सन्तुलित खाना खानुपर्छ ।
त्यसैले, स्तनपान गराउने आमाले थुप्रै कुरामा बिचार पु¥याउनुपर्छ ।

-स्तनलाई सधै सुख्खा राख्नुपर्छ ।

-स्तनपान गराउनु अघि स्तन सफा गर्नुपर्छ ।

-बच्चाले दुध नचुसेमा आमाले निचोरेर खुवाउनुपर्छ नत्र स्तन गान्निएर पाक्न सक्छ ।

-दुध सेवनसंगै बच्चाले हावा पनि लिने हुँदा दुध सेवनपछि ढाडमा हल्का ढक्ढकाएर डकार गराउनु पर्छ ।

-दैनिक रुपमा बच्चालाई १० देखि १५ पटकसम्म आमाको दूध सेवन गराउनु पर्छ ।

-बोतलको दुध खुवाउनु हुँदैन ।

-बिनाहिच्किचाहट समय भएपछि सार्वजनिक स्थानमापनि स्तनपान गराउनु पर्छ ।

-स्तनपान गराउने आमाले प्रशस्तमात्रामा पोसिलो तथा स्वस्थकर खानेकुरा खानुपर्छ ।

स्तनपान कसरी गराउने सकिन्छ

-कसैको स्तनको मुन्टो अथवा निप्पल धसिएको छ भने आफैंले विस्तारै तानेर निकाल्न सकिन्छ भने सानो मुन्टोलाई पनि तानेर सामान्य अवस्थामा ल्याउन सकिन्छ । यसो गरेमा पछि स्तनपान गराउँदा शिशुलाई सजिलो हुन्छ ।

-स्तनपान गराउँदा आमाको स्तनको पूरा मुन्टो वरिपरिको कालो भाग समेत शिशुको मुखभित्र पसेको हुनुपर्छ । तब मात्रशिशुले अघाउन्जेल दूध खाएको यकिन गर्न सकिन्छ ।

-शिशुलाई दूध चुस्न सजिलो होस् भनेर आमाले दूधको मुन्टोभन्दामाथि पट्टिको भाग औंलाले थिचिदिनुपर्छ । यसले गर्दा बच्चालाई दूध चुस्ने क्रममा सास फेर्न सजिलो हुन्छ । राम्रोसंग समतिएन भने कहिले कहिँ दुधचुस्ने क्रममा दुधले बच्चाको नाकमुख चेपिएर मर्ने सम्भावना पनि हुन्छ ।

-स्तनपान गराउने आमाले जहाँ र जसरी भएपनि टुसुक्क बसेर, सुतेर अनि कहिलेकाहीं त उठेरै स्तनपान गराउने गरेको पनि देखिन्छ । यसो गर्नु कदापि ठीक होइन । जतिसुकै व्यस्ततामा पनि आमाले बच्चाको लागि समय निकालेर सजिलोसँग बसेर दूध ख्वाउनुपर्छ । त्यस क्रममा शिशुको मुखभित्र स्तनको मुन्टो पूरा पसेको यकिन गरेर, कानमा दूधनपर्ने गरी शिशुलाई चुस्न सजिलो हुने आसनमा स्तनपान गराउनुपर्छ । स्तनपान गराइसकेपछि शिशुलाई ठाडो पारी छातीमा टाँसेर पिठ्यूँमा बिस्तारै थुमथुम्याउनुपर्छ । यसो गर्दा शिशुले डकार्छ र बान्तागर्ने डर हुँदैन ।

-आमाले घरको काम तथा अन्यव्यक्तिको लाजको कारण हतारहतारमा स्तनपान गराउने र केहीमिनेट मात्रै चुसाएर छोड्ने गरेको धेरै पाइन्छ । यसो गर्दा आमाको पहिलो पातलो दूधमात्र चुस्न पाएको शिशुले बाक्लो दूधआउने बेला खान नपाएर अघाउन पाउँदैन । किनभने स्तनबाट सुरुमा पातलो र एकछिन चुसेपछि मात्रबाक्लो र पोषिलो दूध निस्कन्छ । यो कुरामा हरेक आमा सजग हुनुपर्छ । स्तनपान गराउँदा आरामका साथ बसेर मात्रदूध चुसाउनुपर्छ । एक पटक स्तनपान गराउँदाकम्तीमा १५ मिनेटसम्म दुवै स्तन पालैपालो चुसाउनुपर्छ ।

-६ महिनापछि बच्चालाई आमाको दूधका साथै अन्य पोषणयुक्त खानेकुरा जरुरत पर्ने हुँदाखाना, जाउलो, लगायत पोषणयुक्त खानेकुराहरु खुवाउनु पर्छ ।

स्तनपान गराउने कुनै समय सीमा नतोकेपनि विश्व स्वास्थ्य संगठनले दुई वर्ष या सोभन्दा बढी समयसम्म स्तनपान गराउन सल्लाह दिएको छ । तर, दुई वर्षपछि पनि स्तनपान गराउँदा बच्चालाई खासै फाइदा नहुने विशेषज्ञको मत छ । तसर्थ ६ महिना सम्म पूर्ण रुपमाआमाको दुधमात्र खानदिने र त्यसपछि दुई वर्ष सम्मपोषणयुक्त खानेकुरा संगै स्तनपान गराउँदा राम्रो हुन्छ ।

Share.

Leave A Reply