स्कुटरको ठक्करबाट गैडाकोटमा पैदलीयात्री गम्भीर घाइते

0

गैडाकोट, २७ पौष ।

पुर्बी नवलपरासीको गैडाकोट न.पा.४ स्थीत टाइम्स फर्मा नजिक स्कुटरले पैदलयात्रीलाई ठक्कर दिदा पैदल यात्री गम्भिर घाईते हुनुभएको छ ।

आज दिउसो १२ः ३० बजे पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको लु ४३ प ७९६३ नं को स्कुटरले पैदल यात्री लाई ठक्कर दिदा पैदल यात्री गैडाकोट न.पा. ४ बस्ने बर्ष २७ कि हरीमाया सिंजाली मगर गम्भिर घाईते हुनुभएको हो ।

घाईतेको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । स्कुटर चालक र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ ।

Share.

Leave A Reply