सौराहामा फोटो प्रदर्शनी

0

गैडाकोट, ६ वैशाख । चितवनको सौराहामा फोटो प्रदर्शनी सुरु भएको छ । हिजोदेखि सुरु भएको  फोटो प्रदर्शनीमा पर्यटकहरुको भीड लागेको छ ।

फोटोवाट पनि धेरै कुराहरुको ज्ञानहुने भन्दै पर्यटकहरुको भीड बढ्न थालेको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतको सामुदायिक सीप केन्द्रले आयोजना गरेको प्रदर्शनी तीन दिन सम्म चल्ने अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

फोटो मार्फत वन र वन्यजन्तुको महत्वको वारेमा समुदायलाई जानकारी गराउन गरिएको प्रदर्शनीमा सौराहाका १० जना नेचरगाइडले निकुञ्जमा खिचेका ९७ वटा फोटो प्रदर्शनीमा राखिएको छ

Share.

Leave A Reply