सूर्य विनायकमा लुकेका प्रतिभाको खोजी / प्रतिभा प्रदर्शनी

0

गैडाकोट २ मा रहेको सूर्यविनायक ईङ्लीस बोर्डिङ् स्कूलमा पुग्दा विद्यार्थी आफ्नो नेपाली पोषाकमा सजिएर कार्यक्रम सन्चालन गदैँ थिए । कार्यक्रममा विद्यार्थीहरु आफूमा रहेको प्रतिभा पालैपालो देखाउँदै थिए ।  कोही नाचिरहेका थिए, कोही गीत गाउँदै थिए त कोही बोलीरहेका थिए ।

मंगलबार बिद्यालयले सूर्यविनायक भित्र लुकेर रहेका प्रतिभा प्रदर्शनी कार्यक्रम गरेको थियो । सो कार्यक्रममा विद्यार्थी भित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्ने अवसर मिलाइएको थियो । खाना बनाउने कलाको प्रदर्शनी, विज्ञान प्रदर्शनी, विभिन्न प्रजातीका जनावरहरको बारेमा जानकारी दिइरहेका थिए ।


आउँदै गरेको सरस्वती पूजाको अवसर पारेर विद्यालयले सूर्यविनायक भित्र लुकेर रहेको प्रतिभा पहिचान गर्ने काम गरेको प्राचार्य धनीश्वर गौतमले बताउनुभयो । गौतमले यस्ता कार्यक्रमले शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वा व्यक्त गर्नुभयो ।

गैँडाकोट नगरपालिका वाड नं. २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले सूर्यविनायकले गरको काम प्रशंसायोग्य रहेको बताउनुभयो । वडाको तर्फबाट विद्यार्थीको प्रतिभा उजागर हुने कार्यक्रम आगामी दिनमा सञ्चालन गर्ने बताउनुभयो ।

शिक्षक अभिभावक संघका बरिष्ठ सदस्य नेत्रनारायण सिग्देलले विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र नभइ बाह्य ज्ञान आवश्यक रहेको बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका स्रोत व्यक्ति रामबाबु ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज रानाभाट लगायतको उपस्थिति रहेको थियो । विद्यालयका सहप्राचार्य विश्वास पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रम विद्यालय प्रबन्ध निर्देशक गोपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Share.

Leave A Reply