सूचना देउ भन्दै काँग्रेसले बुझायो, नगरप्रमुख पौडेललाई ज्ञापनपत्र

0


गैँडाकोट, ९ जेठ ।
गैँडाकोट नगरपालिका भित्र सूचनाको विवाद झन् बढ्दै गएको छ । गैँडाकोट नगरपालिकाले नक्सापास सम्बन्धमा आवश्यक सूचना नदिएको भन्दै विवाद बढ्दै गएको हो । बुधबार नेपाली काँग्रेस गैँडाकोट नगर समितिले नक्सापास सम्बन्धमा बाहिर आएको विवादलाई ध्यानमा राख्दै सत्यतथ्य सूचना दिन माग गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेललाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र वाचन गर्दै सूचना छिटो छरितो उपलब्ध गराउन काँग्रेस नगरसभाति तारापति खरेलले बताउनुभयो ।

साथै ज्ञापन पत्र बुझ्दै नगरपालिकाका मेयर छत्रराज पौडेलले यस सम्बन्धमा छिटो भन्दा छिटो छानबिन गरी दोषीलाई कारवाही गरिने बताउनुभयो ।

Share.

Leave A Reply