सुस्ताको लक्ष्मीपुरमा पानीको सतह घट्दै – गाउँपालिका प्रमुख पाण्डे (अडियो)

0

Susta Gaupalika

सुस्ता, २० अषाढ । बर्षाको कारण पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ लक्ष्मीपुरमा धानखेती डुवानमा परेपछि स्थानियले नहर फुटाएर पानीको नीकास गराएका छन् । भारतिय पक्षले रानीनगर साईफन सफा नगर्दा आफुहरुको खेत डुवानमा परेको भन्दै स्थानियले गएराती नहरको डिल फुटाएका हुन । भारतिय पक्षले साईफनहरु सफा गर्ने आस्वासन दिएर झाराटाराई किसिमले मात्र सफा गरेको देखाएको र नहरकै कारण करिव ३ सय विगाहा क्षेत्रफलमा लगाईएको धान खेती डुवानमा परेपछि किसानहरु आफैले रातको समयमा नहरको डिल फुटाएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभएको छ । अहिले पानीको सतह घट्दो क्रममा रहेको पाण्डेले विजय एफएमलाई बताउनुभयो ।

Share.

Leave A Reply