सुस्ताको लक्ष्मीपुरमा किसानले भारतीय नहरको डिल भत्काएर निकास दिए

0


सुस्ता, १९ असार । बर्षाको कारण पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ लक्ष्मीपुरमा धानखेती डुवानमा परेपछि स्थानियले नहर फुटाएर पानीको नीकास गराएका छन् । भारतिय पक्षले रानीनगर साईफन सफा नगर्दा आफुहरुको खेत डुवानमा परेको भन्दै स्थानियले गएराती नहरको डिल फुटाएका हुन । भारतिय पक्षले साईफनहरु सफा गर्ने आस्वासन दिएर झाराटाराई किसिमले मात्र सफा गरेको देखाएको र नहरकै कारण करिव ३ सय विगाहा क्षेत्रफलमा लगाईएको धान खेती डुवानमा परेपछि किसानहरु आफैले रातको समयमा नहरको डिल फुटाएको सुस्ता वडा नम्बर २ का अध्यक्ष कृष्णलाल मुखियाले बताउनुभएको छ ।
किसानले रातको समयमा नहर फुटाएकोले आफुले विहान मात्र खबर पाएको मुखियाले बताउनुभयो । नगहरको डिल काटेर पानी निकासी गराएपछि डुवानमा परेको खेतबाट पानी घटिसकेको छ । अहिले नहरमा किसानहरु आक्रोसित भैरहेका छन् भने भारतिय पक्षका जिम्मेवार निकायलाई जानकारी गराईसकिएको र भारतिय पक्षका प्रतिनिधिहरु आईसेपछि छलफल गरिने गाउपालिका प्रमुख रामप्रसाद पाण्डेले बताउनुभएको छ । भारतिय नहरका कारण सो क्षेत्र बर्षेनी डुवानमा पर्नेगरेको छ । भारतिय नहरकै कारण आफुहरु डुवानमा पर्नेगरे पनि भारतिय पक्षले कुनै चासो नदिएको र पटक पटक क्षति भोग्नुपरेको भन्दै स्थानियले गत बर्ष पनि नहर फुटाउने प्रयास गरेका थिए । स्रोत ः दर्पण एफएम

Share.

Leave A Reply