सुशील कोइराला फाउण्डेशनद्वारा रु एक लाख सहयोग

0

काठमाडौँ, २५ माघ 

सुशील कोइराला मेमोरियल फाउण्डेशनले चितवनको देवघाटधामस्थित महेश सन्यास आश्रम र महेश संस्कृत गुरुकुलमा अध्ययनरत वटुकका लागि रु एक लाख नगद सहयोग गर्ने भएको छ ।

नेपाली काङ्ग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको स्मृतिमा गठित फाउण्डेशनले सो निर्णय गरेको फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले बताउनुभयो ।

विसं २०७३ मा स्थापित फाउण्डेशनले शिक्षा, स्वास्थ्य, खेलकूद, कला, संस्कृति, मानवाधिकार, महिला तथा बालबालिकालगायत समाजिक लोककल्याणकारी क्षेत्रमा थिङ्क ट्याङ्कका रुपमा कार्य गर्दै आएको जनाएको छ । काङ्ग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।-रासस

Share.

Leave A Reply