सुर्योदय विद्या मन्दिर गैंडाकोट १२ हर्कपुरमा विद्यालय भवनको शिलन्यास

0

प्रेम क्षेत्री
गैंडाकोट । सुर्योदय विद्या मन्दिर गैंडाकोट १२ हर्कपुरको नयाँ विद्यालय भवनको शिलन्यास गरिएको छ ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र वडा नम्बर १२ का वडाअध्यक्ष थिरबहादुर थनेतले बिहिबार बिहान भवनको शिलन्यास गर्नुभयो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरराज पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष गुरुप्रसाद पौडेल, विद्यालयका सञ्चालकहरु हरि भण्डारी, अमृत खड्का, प्रवन्ध निर्देशक बलबहादुर केसी लगायत शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

हाल विद्यालय रहेको स्थान गैंडाकोट १२ हर्कपुरमा नै सो भवन बन्ने विद्यालयका प्रिन्सीपल भरतमणी गौतमले जानकारी दिनुभयो । २१ कोठा र एक सभाहल रहने गरि ३ तले भवन बनाउन लागिएको विद्यालयका कार्यकारी निर्देशक केशवराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार साढे २ करोड वढिको लागतमा २०७६ सालभित्र भवन निर्माण गरि सक्ने गरि तयारी गरिएको छ ।

विद्यार्थीहरुको चापलाई मध्येनजर गर्दै बालमैत्री र वातावरणमैत्री भवन निर्माण गर्न लागिएको गौतमले बताउनुभयो ।

Share.

Leave A Reply