सुम्निमा ग्रामीणको चैत्र १३ गते रजतमहोत्सव समारोह

0


गैँडाकोट, ७ चैत्र । गैँडाकोट २ मा रहेको सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चैत्र १३ गते रजत महोत्सव समारोह मनाउने भएको छ । वि.सं. २०५० सालमा स्थापना भएको सुम्निमा ग्रामीणले स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा साप्ताहीक कार्यक्रम गरी रजतमहोत्सव मनाउन लागेको हो ।
विहिबार कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष छायादत्त पाण्डेले शुक्रबार कावासोती सेवा केन्द्रमा अन्तक्रिया कार्यक्रम, शनिबार स्वास्थ्य  शिविर, आइतबार मुख्य कार्यालयमा अन्तक्रिया, सोमबार सरसफाइ कार्यक्रम र महिला समूहबीच हाजिरी जवाफ प्रतियोगिता, मंगलबार शेयर प्रमाणपत्र र महिला खेलकुद कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । संस्थाले यही चैत्र १३ गते रजत महोत्सव समारोह कार्यक्रमको आयोजना गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उपस्थित संस्थाका पूर्व अध्यक्ष प्रकाश पौडेल, सल्लाहकार वेदप्रसाद गौडेलले समेत संस्थागत विषयमा जानकारी दिनुभएको थियो । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवलपुरका ८ वटा स्थानीय तहमा कार्यक्षेत्र रहेको छ । २ हजार ६ सय ३ शेयर सदस्य रहेको यस सहकारीमा १ करोड २३ लाखको शेयर पुँजी रहेको छ भने सवा ९ करोडको कुल सम्पत्ति रहेको संस्थाका सचिव गणेश उपाध्यायले जानकारी दिनुभयो ।
गैँडाकोट २ मा मुख्य कार्यालय रहेको यस सहकारीको कावासोतीमा सेवा केन्द्र रहेको छ । संस्थाको जानकारी अनुसार करिब ७ करोड ३२ लाख ऋण लगानी रहेको छ । ३६५ दिन नै सेवा प्रदाना गर्दै आएको सहकारीले सेयर सदस्यको आर्थिक उन्नयनका लागि  विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष छायादत्त पाण्डेले बताउनुभयो ।

 

रजतमहोत्सवको पूर्व सन्ध्यामा संस्थाले आज गैँडाकोट विभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुसंग छलफल समेत गरेको छ ।

Share.

Leave A Reply