सुम्निमा ग्रामिणमा नयाँ नेतृत्व

0


गैँडाकोट, १९ कार्तिक । सुम्निमा ग्रामिण बचत तथा ऋण सहकारी संस्था गैँडाकोट २ को नवौँ अधिवेशनबाट छायाँदत्त पाण्डे अध्यक्षमा चुनीनुभएको छ । संस्थाको उपाध्यक्षमा झलकराज पौडेल र वेदप्रसाद न्यौपाने रहनुभएको छ । सचिवमा गणेश उपाध्याय, कोषाध्यक्षमा हरिराम सापकोटा, सहसचिवमा जगन्नाथ पौडेल रहनुभएको छ । सदस्यहरुमा गुरुप्रसाद सापकोटा, निर्मला ढकाल, लेखनाथ दवाडी, अर्पणबाबु सुवेदी, ईश्वर रिमाल, पबित्रा पौडेल, अम्बिका पोखरेल रहनुभएको छ । यसैगरी संस्थाको लेखा समितिको संयोजकमा गोविन्दप्रसाद पौडेल रहनुभएको छ भने सदस्यमा गिरिराज लम्साल र देवकुमारी सापकोटा रहनुभएको छ ।

Share.

Leave A Reply