सुमो दुर्घटनामा ६ जनाको मृत्यु

0

विजय खबर ।
१३ माघ ।

धनुषाको गणेशमान चारनाथ ८ पोर्ताहा भन्ने स्थानमा शनिबार विहानै भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ । काठमान्डौ देखि झापा जादै गरेको बा ९ च ३३ १४ नंको सुमो धनुषाको पोर्ताहामा पल्टिएको सिरहा बन्दीपुरका ट्राफिक प्रहरी हवल्दार जयनारायण महतोले बताउनुभयो ।

मृत्यु हुनेमा पाँचथरकी ३३ बर्षिय प्रनिता राई, संखुवासभाका २९ बर्षिय नयाराज जिमि, विराटनगरका ३५ बर्षिय शारदा रेग्मी दाहाल, मोरंग लेटांगका ४० बर्षिय खेमकुमार रानामगर, मोरंगका ३३ बर्षिय प्रह्लाद न्यौपाने र खोटांङ निर्मलीडाँडाका ३० बर्षिय ज्ञानबहादुर चौहान रहेको सिआईएनले जनाएको छ ।

दुर्घटनामा चार जना घाइते छन् । घाइते सखुवासभाका २२ बर्षिय छत्रबहादुर जिमीको अबस्था गम्भीर रहेको धनुषा ढल्केवरका प्रहरी सहायक निरिक्षक प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार बिपरित दिशाबाट आएको गाडीको लाइटले आखा नदेखेर अनियन्त्रित भई सडक छेऊमै रहेको पोखरीमा सुमो खसेको हो ।

Share.

Leave A Reply