सुबास ले सारिकालाई भन्दैछन म मरेर गैहाल्छु तिमि डोली चढ्नु

0

नबिन S सुबेदी , जेष्ठ २९  , गैडाकोट…
हामी छुट्नु परेमा ,आफु मरेर गएपनि एक अर्कालाई सिन्दुर लाउनु अथवा डोली चढ्न आग्रह गरिएको  नया लोकदोहोरी गीत “म मरेर गएनी” बजारमा आएको छ |


पाउदा पनि तिम्रो साथ सुखमा म पुग्दैछु मृत्युको मुखमा (म मरेर गएनी नरोई बसे सानु ,मत मर्छु गैहाल्छु भगवानको भैहाल्छु तिम्ले पनि कसैलाई सिन्दुर हाली लानु ) गायिका देवी घर्तीमगरले भन्दै गर्दा तेस्को उत्तर गायक प्रकाश खरालले दिदैछन मलाइ निम्ता भगवानले गरेमा ,हामि यसै छुट्टिनु परेमा (म मरेर गएनी नरोई बसे सानु ,मत मर्छु गैहाल्छु भगवानको भैहाल्छु तिम्ले पनि कसैको डोली चढि जानु )


गायक प्रकाश खराल र गायिका देवी घर्तिमगरको आवाजमा रहेको “म मरेर गएनी” लोकदोहोरी गीतमा शब्द लेख्नु भएको छ दिपक कंडेलले भने लय प्रेम सापकोटा सोनु को रहेको छ |  “म मरेर गएनी ” बोलको गीतमा संचारकर्मी सुबास कंडेल र नायिका सारिका केसीको ज्यलन्त अभिनय देख्न पाइन्छ ।

 

कपिल लामाको निर्देशनमा तयार भएको गीतमा,राजेश घिमिरेको छायांकन रहेको छ भने अमर शाक्यको सम्पादन रहेको छ । गायक प्रकाश खराल को प्रस्तुति रहेको म मरेर गएनी बोलको लोकदोहोरी गीतलाई बबई म्यूजिक प्रा लिले बजार ब्यबस्थापन गरेको हो | हाम्रो तर्फबाट गीतको सफलताको शुभकामना |

 

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    A Station Manager : Shreedhar Upadhyay ( 9855051802)
    News Chief & Programme Chief : Prem Kshetri ( 9855056802)
    Marketing Chief : Rupa Giri ( 9855063802)
    Corresspondent : Tilak Subedi ( 9855063902)
    Reporter : Pabitra Parajuli (078-501403)
    Reporter : Sabita Tiwari (078-501403)
    Accountant : Srijana Regmi (078-501404)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro