सुपरमार्केट अवधारणमा जान विजयश्री उपभोक्तालाई सुझाव

0

 

गैँडाकोट, १८ वैशाख ।
डोलराज रानाभाट, विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेड गैडाकोट ८ नवलपुरले संचालन गर्न लागेको पसललाई सुपरमार्केट अवधारणमा लैजान सुझाव दिएका छन् । बुधवार विजय विकास स्रोत केन्द्रमा भएको संचालन स्वरुप निर्धारण सम्वन्धमा आयोजित अन्तरक्रियामा बोल्ने अधिकाँश वक्ताहरुले सुरुमानै राम्रो छाप बनाएर स्थापना हुन सुझाव दिँदै आवश्यक परे पछि विकु सहकारीको शाखा कार्यालयहरुसँग सहकार्य गरि सेभेन ईलाभेनको मोडलमा जान सुझाव दिएका हुन् । समयसँगै समुदायले ठूलो मार्केटकै आवश्यकता महसुस गरेको भन्दै तत्कालनै सहकारी मार्केट संचालन गरिहाल्न आग्रह गरेका थिए ।

जिल्लामानै नयाँ अवधारणा भएकाले सहकारीमा आवद्ध शेयर सदस्यहरुकै उत्पादनमा जोड दिने उद्देश्य सहित सस्तो र गुणस्तरीय सम्पूर्ण समाना उपलब्ध हुने गरि पसलको स्थापना गर्न सुझाव दिइएको छ । संस्थाका अध्यक्ष हरिलाल सापकोटाले ३ करोडको लागत अनुमान गरिएको सार्वजनिक गर्नुभएको थियो । तर कार्यक्रममा सहभागीहरुले कम्तीमा ५ करोडको लागत अनुमान गरि व्यवसायिक योजना निर्माणमा सुझाव दिएका छन् । एउटा उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान एउटै छातामुनी प्राप्त हुनेगरि सुपरमार्केट अवधारणमा जाँदा त्यसले उत्पादनदेखि बजारीकरणसम्म सहजहुने धेरैको सुझाव थियो ।


पसल स्थापनाका लागि सहकारीले अहिले न्यूनतम १ लाखको शेयर सार्वजनिक गरेको छ । कार्यक्रममा विभिन्न मोडलहरु सार्वजनिक गरिएको थियो । स्थीर मूल्य शुद्ध व्यापार मुल मन्त्र लिएर स्थापना हुने पसललमा अर्गानीक तथा कृषी उत्पादनलाई मुख्य प्राथमिकता दिने गरि संचालन गरिने र दिगो विकास लक्ष्यका ६ वटालाई मद्दत पुग्नेगरि अवधारण अघि बढाइने अध्यक्ष हरिलाल सापकोटाले जानकारी दिनुभयो ।

विकू सहकारीले प्रयोगमा ल्याएको प्रविधिको प्रयोग गर्दै आवश्यकता अनुसार होम डेलिभरीको व्यवस्थासहितको सुपरमार्केट चाँडै संचालन गर्ने उहाँको भनाई थियो । सहकारीमा अहिले सम्म २२४ शेयर सदस्य रहेको र १ करोड शेयरपुँजी संकलन भइसकेको छ । ३० लाख शेयररकम उठ्न वाँकी रहेको छ।


संस्थाका उपाध्यक्ष माधवप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव गोविन्द रिमालले गर्नुभएको थियो । कार्यक्रममा विजय परिवारका सदस्य संस्थाका प्रमुख एवं प्रतिनिधी, सहकारीकर्मी, शुभेच्छुक, सञ्चालक, सेयर सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा खेमराज सापकोटा, यमुनाथ आचार्य, नवराज कंडेल, केशवराज शर्मा, टिकाराम कंडेल, वशन्तराज लम्साल, नारायण सापकोटा, ईन्द्रराज पौडेल, रमेश काफ्ले, रेखा श्रेष्ठ, परमेश आचार्य, त्रैलोक्यनाथ खरेल, कालिदास गौडेल लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

Share.

Leave A Reply