सुन तस्करीमा संलग्न व्यक्तिहरुकको सम्पत्ति विवरण माथि छानविन

0

काठमाडौँ, २१ बैशाख । सम्पत्ति शुद्धकिरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न व्यक्तिहरुकको सम्पत्ति विवरण छानविन सुरु गरेको छ । तस्करीमा संलग्न मुख्य व्यक्तिहरुको सम्पत्ति विवरण गोप्य रुपमा छानविन भइरहेको विभागका निर्देशक विनोद लामिछाने सीआईएनलाई जानकारी दिनुभयो । साढे ३३ किलो सुन प्रकरणमा मुद्दा दर्ता गरिएका अभियुक्तहरुको गोप्य रुपमा सम्पत्ति पनि छानविन भइरहेको छ । ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो । बयान पनि सुरु भएको  छ।  प्रतिवादीमध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् । आज पनि अभियुक्तहरुको बयान जारी रहने भएको छ ।

Share.

Leave A Reply