सुन्दरी सामुदायिक वन उपभोक्ता समूहद्धारा घर हस्तान्तरण

0

अमरापुरि, साउन ३


सुन्दरी सामुदायिक वन उपभोक्ता समूह अमरापुरिले आज गरिब विपन्न बर्ग का लागि बनाएको घर हस्तान्तरण गरेको छ । समुहले गैडाकोट नगरपालिका १४ टोल नम्बर २ र गैडाकोट १७ टोल नम्बर ८ मा दुईवटा घर बनाई हस्तान्तरण गरेको हो ।

गैडाकोट १७ का प्रेमबहादुर थापा र गैडाकोट १४ का चित्रबहादुर प्रजालाई सो घर हस्तान्तरण गरिएको छ । सुन्दरी सामुदायिक वन उपभोक्ता समुहले हरेक बर्ष विपन्नका लागि घर बनाउदै हस्तान्तरण गर्ने गरेको छ । जिल्ला बन कार्यालय नवलपरासीका जिल्ला बन अधिकारी विजयराज सुबेदीले सुन्दरी सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व निर्बाह गर्दे बिपन्न परिवारलाई घर हस्तान्तरण गर्नु राम्रो पक्ष रहेको बताउनुभयो ।


बनको क्षेत्रभित्र रहेका बिपन्न र घर वनाएर बस्न नसक्ने परिवारको लागि सहयोग स्वरुप घर बनाई हस्तान्तरण गर्दे आएको बनका अध्य्रक्ष चक्रपाणी खनालले जानकारी दिनुभएको छ । साथै उहाले वनले हालसम्म २७ वटा घर वनाएर हस्तान्तरण गरेको पनि उल्लेख गर्नुभयो । गरिबी निबारण कार्यक्रम अन्र्तगत २०५८ सालदेखी सो बनले घर हस्तान्तरण गर्दे आएको छ । आज हस्तान्तरण गरिएको घर २ लाख २३ हजार ३ सय ८रुपैयाको लगानीमा निर्माण गरिएको अध्यक्ष खनालले जानकारी दिनुभएको छ ।


सो कार्यक्रममा सेक्टर बन कार्यालय कावासोतीका कृष्ण बहादुर देवकोटा, रजहर ईलाका बन कार्यालयका सुन्दरी सामुदायिक वन उपभोक्ता समूह अमरापुरिका कार्यसमिति सदस्य, सल्लाहाकार, लेखा समिति सदस्य लगायतको रोहबरमा घर हस्तान्तरण गरिएको हो ।

Share.

Leave A Reply