सुनवल नगरपालिकामा नेपाली काँग्रेस विजयी

0


नवलपरासी , १७ असार । नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भिमबहादुर थापा क्षेत्री भरत नगरपालिका प्रमुखमा विजयी हुनुभएको हो । उपप्रमुखमा भने एमालेका दधिराम अर्याल विजयी हुनुभएको छ । प्रमुखमा निर्वा्चित कांग्रेसका थापाले ८ हजार ६५९ मत पाएका छन् । थापाका निकटतम प्रतिद्वन्दी एमालेकी बिमला अर्यालले ७ हजार ९७३ मत पाउनुभयो । उपप्रमुखमा काँग्रेसकी तारा भण्डारीले  ७ हजार ६२८ मत प्राप्त गर्नुभयो । एमालेका अर्यालले ८ हजार ४७५ मत प्राप्त गर्नुभयो । माओवादीका प्रमुख पदका उम्मेदवार डोलाराज भण्डारीले २ हजार ४०७ र उपप्रमुख पदको उम्मेदवार प्रतिमा कार्कीले २ हजार ४६६ मत पाएका छन् । यस संगै नवलपरासीमा सातवटा स्थानीय तहमध्ये नेपाली काँग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा एमाले १ स्थानमा विजयी भएको छ ।

Share.

Leave A Reply