सि.टी. (चुडा–तुलसी) फाउण्डेसन नेपालको स्थापना एवं स्मृतिग्रन्थ लोकापर्ण

0

प्रेम क्षेत्री ,२६ चैत्र , गैंडाकोट । स्व. चुडाबहादुर अधिकारी एवं उहाँकी सह धर्मिणी स्व. तुलसीकुमारी घिमिरे अधिकारीको स्मृतिमा सि.टी. (चुडा–तुलसी) फाउण्डेसन नेपालको स्थापना गरिएको छ ।

स्व. चुडाबहादुर अधिकारीको प्रथम वार्षिकीको पुण्डतिथिका अवसरमा गैंडाकोट ५ कालिका चोक स्थित आफ्नै निवासमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रखर वक्ता एवं पुर्व सभाषद् चन्द्र भण्डारीले फाउण्डेसनको समुद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले चुडा–तुलसी (सि.टी.) स्मृतिग्रन्थको लोकापर्ण गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले स्व. अधिकारीले गरेका काम र उहाँका परिवारजनले गरेको काम समाजका लागि नमूना रहेको जनाउँदै प्रशंसा गर्नुभयो ।

घर र व्यक्तीका लागि भन्दा पनि समाज र राष्ट्रका लागि केही गर्नुपर्ने जनाउँदै उहाँले अधिकारी परिवारबाट पाठ सिक्नुपर्ने बताउनुभयो । स्थापित फाउण्डेसनमा हाल ११ लाख रुपैंया जम्मा गरिएको छ । कार्यक्रममा स्व. अधिकारीका जेयष्ठ सुपुत्र महेन्द्रबहादुर अधिकारीले सवैलाई धन्यवाद ज्ञापन गर्दै स्थापित फाउण्डेसनले गरिब असाहय बालबालिकालाई सहयोग गर्ने बताउनुभयो । सि.टी. (चुडा–तुलसी) फाउण्डेसनका अध्यक्ष लीलाबहादुर अधिकारीले बुवाले देखाएको मार्गमा आफुहरु हिंडेका बताउनुभयो । सोही सम्मानका लागि यो फाउण्डेसनको स्थापना गरेको जनाउँदै उहाँले यो करोडौं रुपैयाँ जम्मा हुने बताउनुभयो । यसबाट असहाय व्यक्ती लाभन्वित हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष एवं समाजसेवी ओमप्रसाद सापकोटा, तिलकप्रसाद सापकोटा, मदनभक्त अधिकारी, गजेन्द्र आले, बालकृष्ण घिमिरे, द्रोण बन सन्यासी, कमलप्रसाद पराजुली, देशीराम प्रधान, छविलाल कंडेल, तारापति खरेल, वडा अध्यक्ष नवराज कंडेल लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा विभिन्न व्यक्तीलाई सम्मान गर्नुका साथै कृतज्ञता पत्र प्रदान गरिएको थियो । कार्यक्रम चुडा–तुलसी (सि.टी.) स्मृतिग्रन्थका प्रधान सम्पादक लक्ष्मण कंडेलले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply