सिप सिकेपछि विकूका सदस्यको मुहारमा खुसी

0


प्रेम क्षेत्री
असार २५, गैंडाकोट । सिप सिकेपछि विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यको मुहारमा खुसी छाएको छ । विकूले आफ्ना सदस्यहरुका लागि विभिन्न ५ प्रकारका तालिम प्रदान गरेको हो । विकूले एड्भान्स मन्टेश्वरी, एड्भान्स व्युटिसीयन, एड्भान्स ईलेक्ट्रसीयन, कुशन डल्स र तरकारी खेती (कृषि) तालिम प्रदान गरेको छ ।

विजय विकास स्रोत केन्द्रमा भएको ४५ दिने एड्भान्स मन्टेश्वरी तालिमका ३० जना, कावासोतीमा भएको ४५ दिने एड्भान्स व्युटिसीयन तालिमका ३२ जना, अमरापुरीमा भएको ३२ दिने कुशन डल्स तालिमका ३५ जना, डण्डमा भएको एड्भान्स ईलेक्ट्रसीयनका २५ जना र कावासोती १४ डण्डामा भएको ३२ दिने तरकारी खेती (कृषि) तालिमका २५ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ विकूको आयोजना, व्यवसायीक तथा सिप विकास तालिम केन्द्रको सहयोग तथा आईडियल ईन्जिनियरि∙ र लुम्बिनी पोलीटेक्निकसँगको सहकार्यमा तालिम प्रदान गरिएको हो । अमरापुरी पार्टी प्यालेसमा बुधबार तालिमको समापन गरिएको हो ।

तालिमका सहभागीहरुले हातमा सिप भएपछि खुसी व्यक्त गरेका छन् । तालिमका सहभागी सविता आलेले सिप नहुदाँ अरुको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै सिकेको सिपलाई व्यवहारत लागु गर्ने बताउनुभयो ।


अर्का सहभागी राधा सापकोटाले यो अवसर प्रदान गरेकोमा विकूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
तालिम समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले उद्यमशिल बनाउन विकुले थालेको कदमको स्थानीय तहहरुले सिको गर्न जरुरी रहेको बताउनुभयो । हातम सिप भए जहाँ गएर पनि गर्न सकिने जनाउँदै उहाँले सकेसम्म स्वदेशमा नै व्यवसाय थाल्न आग्रह गर्नुभयो ।


विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सफल उद्यमी बन्न एकिकृत सिपको आवश्यक रहेको बताउनुभयो । साथै उहाँले विकूले २०४८ सालमा परिकल्पना गरेको अभियानले सार्थकता पाएको बताउनुभयो ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवप्रसाद सापकोटाले विकूले सदस्यलाई खुसी देख्न चाहेको उल्लेख गर्दै तालिम सिकाईको समापन भएपनि वास्तविक तालिम भने अब शुरु भएको बताउनुभयो । उहाँले सिकेको सिपलाई व्यवहारत लागु गरे जीवनभर खुसी मिल्ने बताउनुभयो ।


विकूका लेखा तथा सुपरिवेक्षण समिति संयोजक टिकाराम कंडेलले उद्यम गर्नेहरुले नै सार्थक जीवन जिउन सक्ने भन्दै विकूले गरे हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएको बताउनुभयो । त्यस्तै लुम्बिनी पोलिटेक्निकका प्रवन्ध निर्देशक अरुण अर्यालले तालिमका सहभागीले सिकेको सिप व्यवहारत लागु गरिरहेको उल्लेख गर्दै एड्भान्स तालिमले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत गर्दै विकूका सञ्चालक ओमप्रसाद सापकोटाले तालिम पश्चात व्यवसाय गर्न चाहनेहरुलाई विकूले लगानी समेत गर्ने बताउनुभयो ।

अमरापुरी सेवा केन्द्र संयोजक माया कंडेलले आफुले पनि तालिमबाट नै सफलता हात पारेको बताउँदै तालिमका सहभागीलाई व्यवसाय थाल्न सुझाव दिनुभयो । विकूका सचिव गोविन्द रिमालले सहजिकरण गर्नुभएको सो कार्यक्रम विकूका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply