सिख्रौलीमा एकादशी मेला

0


गैँडाकोट, ३ मंसिर । गैँडाकोट १३ मा रहेको सिख्रौलीको खेल मैदानमा एकादशी मेला लागेको छ । मेलामा चितवन तथा नवलपरासीका विभिन्न अवलोकन कर्ताहरुको भीड रहेको छ । परम्परादेखि चल्दै आएको मेला दीगो होस् भन्ने धेरै स्थानीयको भनाइ रहेको छ ।
एकादशीको धार्मिम महत्व र परम्पराका साथमा मनोरञ्जनमा एकै साथ हुने भएकाले यो उपयुक्त स्थान रहेको स्थानीयको भनाइ रहेको छ । हर्कपुरकी माया सापकोटाले परम्परादेखि मान्दै आएका धर्म संस्कृतिलाई जोगाउनु कर्तव्य भएका कारण मेलाको दीगोपनाका लागि सबैले सोच्नुपर्ने बताउनुभयो  । मनको आनन्दका साथ धर्मसंस्कृति अर्को पुस्ताका लागि हस्तान्तरण गर्नु हाम्रो पुस्ताको जिम्मेवारी समेत भएको भट्राईले विजय एफ एमको प्रत्यक्ष प्रसारणमा बताउनुभयो । यसैगरी पहिलो पटक मेलामा पुग्नुभएकी गैँडाकोट २ की मिना केसीले परम्परादेखि मान्दै आएको पर्व मान्नु पर्ने बताउनुभयो । केसीले पहिलो पटक सिख्रौली आएको बताउँदै मेला निकै राम्रो लागेको बताउनुभयो । केसीलाई जस्तै अमरापुर १६ नम्बर चाकबाट मेलास्थल पुग्नुभएकी रमाकला सुवेदीलार्य पनि गाउँघरको मेलाको प्रवर्धन गर्नुपर्ने बताउनुभयो । यसैगरी रजहरकी चन्द्र भट्टराईले पनि भगवान विष्णुको अवतार स्वरुप तुलसीको पूजा गरेर आजको दिन मनाउने बताउनुभयो । तुलसीको विवाहको दिन लाग्ने सिख्रौली मेला व्यवस्थति बन्दै गएको उहाँको भनाइरहेको थियो ।
मेला आयोजक समितिका संयोजक रनबहादुर थापाले दुई दिने मेलामा पहिलो दिन एकादशी मेला र मंगलबार राष्ट्रिय कलाकारहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम हुने बताउनुभयो । सुरक्षा प्रवन्ध मिलाउन पितौँजीबाट सशस्त्र प्रहरी सुरक्षा कर्मी, ध्रुवतारा युवा क्लबबाट ६० जना स्वयंसेवक र इलाका प्रहरी कार्यालय गैँडाकोटबाट पनि सुरक्षाकर्मीको व्यवस्था गरिएको थापाले बताउनुभयो ।
सोमबार हुने सांस्कृतिक कार्यक्रममा ज्योती मगर, राजु थापा, झरना पुन मगर, दीपक खड्का, प्रविन भण्डारी, शंशाक कंडेल,  विशाल पौडेल, निरज पोखरेल लगायतका दर्जनबढी कलाकारहरुबाट सांगितिक प्रस्तुती रहने थापाले बताउनुभयो ।

Share.

Leave A Reply