सामूहिक बलात्कारपछि हत्या

0

धनुषा, ६ फागुन

आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ ।

मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो ।

“हत्यारा नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भन्नुभयो । घटनामा संलग्न रहेको आशङ्कामा केही व्यक्ति पक्राउ परेका छन् ।-रासस

Share.

Leave A Reply