सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन पोखरामा सुरु

0

सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालको १३ औं बार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन आज शुक्रबारबाट पोखरामा सुरु भएको हो । सम्मेलनको एमाले अध्यक्ष केपी शर्मा ओलीले पानसमा वत्ति बालेर उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा देशभरीका ३ सय रेडियोमा एकै पटक प्रशारण गरिएको कार्यक्रम टेक ओभर बारेको पुस्तक पनि विमोचन गरिएको थियो । यसअघि सम्मेलनमा समुदायका सवालमा सामुदायिक रेडियोको भूमिकाका विषयमा छलफल भएका थिए । सम्मेलनमा देशभरीका ३ सय रेडियोहरुको सहभागिता रहेको छ । सम्मेलन शनिबारसम्म चल्नेछ ।

Share.

Leave A Reply