सामाजिक र नैतिक शिक्षा विषय नेपाली भाषामा नै पढाउन माग गर्दै अभियान नै सञ्चालन, गैंडाकोट नगरपालिकामा ज्ञापन पत्र पेश

0

प्रेम क्षेत्री,गैंडाकोट ।
नेपाली भाषा, र्धम, संस्कार, गाउँ, टोल, छिमेकको रहनसहन र नेपाली परिवेश समेटिएको सामाजिक शिक्षा विषयलाई नेपाली माध्यमबाट नै अध्ययन अध्यापन गराईनुपर्छ भन्दै युवाहरुले अभियान नै सञ्चालन गरेका छन् ।
गैंडाकोट नगरभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाहरुले सामाजिक र नैतिक शिक्षा विषय नेपाली भाषाको माध्यमबाट नै पठन पाठन गर्न गराउन माग गर्दै स्वतन्त्र नागरिक अभियानले गैंडाकोट नगरपालिकामा ज्ञापन पत्र पेश गरेको छ । अभियानका संयोजक हरिप्रसाद गौतम, गणेश अधिकारी, तुलमणी पौडेल, आशिष अर्याल सहितको एक टोलीले नगर शिक्षा शाखाका अधिकृत ऋषीराम शर्मालाई ज्ञापन पत्र पेश गरेका हुन् । अभियानका संयोजक हरिप्रसाद गौतमले आफ्नो धर्म, संस्कार, संस्कृति र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन यो अभियान नै सञ्चालन गरिएको बताउनुभयो । अंग्रेजी भाषासँगसँगै नेपाली भाषामा नै यस्ता विषयमा अध्ययन अध्यापन गराईनुपर्ने आग्रह सहित देशव्यापी अभियान गर्न लागिएको उहाँले बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै नगर शिक्षा शाखा अधिकृत ऋषीराम शर्माले यो विषय नगर शिक्षा समिति एवं नगर प्रमुख समक्ष पेश गरिने बताउनुभयो । यसअघि सामाजिक शिक्षा विषय नेपाली मातृ भाषामा अध्ययन अध्यापन गर्ने गराउने अभियानको प्रारम्भिक चरणमा देवचुली नगरपालिकामा चैत १२ गते ज्ञापन पत्र पेश गरेका थिए । देवचुली नगर कार्यपालिकाको १९ गते बसेको बैठकले नगरका सबै विद्यालयमा सामाजिक र नैतिक शिक्षा विषय नेपाली भाषाको माध्यमबाट पठन पाठन गर्न गराउने निर्णय सहित पत्राचार गरिसकेको जनाईएको छ । अभियान अन्र्तगत कावासोती, मध्यविन्दु नगरपालिका हुदैं देशव्यापी रुपमा सञ्चालन गर्ने अभियानका संयोजक गौतमले बताउनुभयो ।

Share.

Leave A Reply