सामाजिक कार्यमा तनहुँ सेवा समाज कतार/मृगौला रोगीलाई १ लाख ३० हजार प्रदान

0

डोलराज रानाभाट, असार ९  । तनहुँ सेवा समाज कतार नाम जस्तै काममा पनि लागिपरेकोछ । अहिले समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको उद्धार तथा आर्थिक सहयोगमा समाज लागिपरेको हो । समाजको सक्रियतामा आँवुखैरेनी ६ डाडागाउँ तनहुँकी १३ वर्षीय कंगना गुरुङलाई आर्थिक संकलन गरि हस्तान्तरण गरिएको छ । मृगौला रोगबाट ग्रसित कंगनाको जीवन रक्षाका लागि समाजको सक्रियतामा संकलित १ लाख ३० हजार २ सय ५० रुपैया आजै विरामीको आफन्तलाई प्रदान गरिएको छ । त्रिभुवन शिक्षण अस्पतालमा उपचार्थ कंगनालाई भेटेर संस्थाका सल्लाहकार रामचन्द्र पन्त र भरत वगालेले उक्त रकम विरामीका आमा कल्पना गुरुङलाई हस्तान्रण गर्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Share.

Leave A Reply