सात महिना देखि पार्टी एकता पक्रिया अघि बढेको छैन – बरिष्ठ नेता नेपाल

0


गैँडाकोट, ३० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी एकता पक्रियामा ढिला भएको स्वीकार गर्नुभएको छ ।

 

गैँडाकोटमा पार्टी अगुवा कार्यकर्ता भेलामा सोमबार नेपालले पार्टी एकताको सन्दर्भमा विगत ७ महिनामा कुनै प्रगति हुन नसकेको बताउनुभएको हो ।

 

पार्टी एकता अब छिट्टै हुने नेता नेपालको भनाइ छ । पार्टी एकताका सन्दर्भमा पोलीटब्युरो कमिटि गठन, अनुशासन कमिटि, लेखा समिति, जिल्ला कमिटि, स्थानीय कमिटिहरु गठनका थुप्रै काम बाँकी रहेको नेता नेपालले बताउनुभयो ।

 

अगुवा कार्यकर्ता कार्यक्रममा सहभागिहरुले पार्टी एकीकरणका सन्दर्भमा जिज्ञासा राखेका  थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नेपाल कम्युनिष्ट पार्टी प्रति जनताको ठूलो आश रहेको तर पार्टी सो अनुरुप गतिशिल हुन नसकेको बताउनुभएको छ । पौडेलले यस माथि प्रष्ट पारिदिन नेता नेपाललाई आग्रह सहित स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण नेकपाका नेता दुर्गादत्त ढुंगानाले गर्नुभएको थियो । कार्यक्रम नेकपाका नेता षडानन्द लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय स्तरका नेता देखि कार्यकर्तासम्मको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply