साझा सूचीका कानून छिट्टै : उपसभामुख

0

काठमाडौँ, ११ माघ 

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले साझा सूचीका कानून संघीय संसद्बाट छिट्टै निर्माण गरिने बताउनुभएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले ललितपुरमा शुक्रबार गरेको कार्यशालालाई सम्बोधन गर्दै उहाँले साझा सूचीका कानून निर्माणमा ढिलाई हुँदा स्थानीय तहलाई काम गर्न असहज भएको गुनासो आफूले पाएको बताउनुभयो । “स्थानीय तहमात्रै होइन, प्रदेश र संघीय सरकारमा पनि गुनासो छन्, अब धेरै समय नलाग्ला”–उहाँले भन्नुभयो ।

उपसभामुख तुम्बाहाम्फेले संविधानसँग बाझिएका कानून संशोधन, खारेज र निर्माणको चरणमा रहेको उल्लेख गर्दै समृद्धिका लागि कानूनी स्पष्टता पनि आवश्यक रहेकामा जोड दिनुभयो । “कुनै व्यक्ति वा निकायले ऐन, नियम र कानूनलाई पालना गर्नैपर्छ”–उहाँले भन्नुभयो, “कानूनी स्पष्टता खोज्ने तीनै तहका सरकारको चासो जायज छ ।”

लामो राजनीतिक सङ्क्रमणकालपछि मुलुकमा तीनै तहमा स्थायी सरकार बनेको उल्लेख गर्दै उपसभामुख तुम्बाहाम्फेले जनताको शीघ्र विकास र समृद्धिको चाहनालाई पूरा गर्न गम्भीर हुन जनप्रतिनिधिहरुलाई अपिल गर्नुभयो ।-रासस

Share.

Leave A Reply