साँफे – मार्तडी सडक अवरुद्ध

0


गंगराज पण्डित, रेडियो बाजुरा, बाजुरा
आईतबार रातिदेखि परेको अबिरल बर्षाका कारण बाजुरामा सडक अबरुद्ध भएको छ । पहिरोका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे – मार्तडी सडकखण्ड अन्तरगत गुइगाड खोला देखी सदरमुकाम मार्तडी सम्मको २७ किलोमिटर सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । दुई दिनदेखीको अविरल बर्षाका कारण साँफे –मार्तडी सडकको बीचबीचमा पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक सागर बोहराले जानकारी दिनुभयो । गुइगाड खोलामा पक्की पुल बनाउन थालेको ८ बर्ष बितिसक्दा समेत पुल बन्न सकेको छैन । खोलामा पानीको बहाव बढेका कारण आवात जावतमा समस्या भएको छ । गुईगाड पुलको ठेक्का राजेन्द्र सेवा निमार्ण कम्पनीका भिम साउँदले लिनुभएको छ । ठेकेदार हाल प्रशुराम नगरपालिका डडेल्धुराका मेयर समेत हुनुहुन्छ । सदरमुकाम मार्तडीसम्म पक्की सडक बनेको तीन महिना नपुग्दै सडकमा पहिरो खसेर अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीबाट धनगढी, नेपालगन्ज, महेन्द्रनगर, काठमाडौं लगायतका लामा तथा छोटा दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने गन्तव्यमा हिडेका यात्रुहरु बीचबाटोमा अलपत्र बनेका छन् ।

Share.

Leave A Reply