सहिद स्मारक ए डिभिजन लिग आज सकिदै, आज अन्तिम दिन २ खेल हुँदै

0

गैडाकोट, २४ पौष ।
गत असोज १३ गते देखि जारी सहिद स्मारक ए डिभिजन लिगको ४२ औँ संस्करण आज सकिदैछ । आज अन्तिम दिन २ खेल हुने आयोजकले जानकारी दिएको छ ।

दिउसो २ बजे सुरु हुने दुवै खेल लिग च्याम्पियन मनाङ मस्र्याङदी र फ्रेण्ड्स क्लब तथा न्युरोड टीम एनआरटी र ब्रिगेड ब्वाईज बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा फ्रेण्डसबिरुद्ध मनाङको लक्ष्य १३ औँ जितसँगै शत प्रतिशत नतिजासँगै लिगमा अर्को किर्तिमान रच्ने दाउमा छ ।

फ्रेण्ड्स भने तेस्रो जितसँगै एक स्थान सुधारको योजनामा रहेको छ । हल्चोकस्थित एपीएफ मैदानमा एनआरटी र ब्रिगेड भने अनित्म खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् ।

झण्डै ५ बर्षपछि भएको ए डिभिजन लिग फुटबलमा ३ बिभागीय सहित १४ टोली सहभागी छन् । मनाङ मस्र्याङदीले लिगको उपाधि हात पार्दा संकटा दोस्रो र थ्रीस्टारले तेस्रो स्थानमा रहँदै यो सिजनको अन्त्य गरेका छन् ।

Share.

Leave A Reply