सहयात्री साकोसद्धारा सदस्यलाई अभिमुखीकरण

0

गैंडाकोट, असोज २ । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोटले एक दिने अभिमुखीकरण तालिम आज संस्थाको सभाहलमा सम्पन्न गरेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्याबासायी स्वरोजगार कोषको दोस्रो एक दिने अभिमुखीकरण गरेको हो । संस्थाका अध्यक्ष लक्षुमण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, जिल्ला संयोजक तथा अनुगमन समिती नवलपरासीका सदस्य सचिव प्रीतम भुजेल प्रमुख अतिथी रहनुभएको थियो ।

उहाँले कोषले युवालाई स्वरोजगार बनाउँदै आर्थिक स्तर उकासेको बताउनुभयो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । सो तालिममा संस्थाको बारेमा जानकारी दिदंै स्वागत मन्तव्य संस्थाका संचालक समिती सदस्य तारा त्रिपाठीले राख्नु भएको थियो । तालिमको सहजिकरण संस्थाका सचिव राजेन्द्र पौडेलले गर्नु भएको थियो ।

Share.

Leave A Reply