सहयात्री साकोसको २३ औं साधारण सभा सम्पन्न

0


सबिता तिवारी
गैंडाकोट, ८ मंसिर । “एकका लागि सबै, सबैका लागि एक” भन्ने मुल नारा सहित स्थापना भएको सहयात्री बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाकी महिला तथा बालबालिका एवम् सहकारी प्रमुख दिपा घिमिरे प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । घिमिरेले संस्थाले छोटो समयमा गरेको दु्रत प्रगति अझै अघि बढ्दै जाओस् भनी शुभकामना दिनु भयो ।
कार्यक्रममा गैंडाकोट वडा नम्बर ७ मा वडा अध्यक्ष चोलानाथ उपाध्याय, जिल्ला संयोजन तथा अनुगमन सदस्य सचिव प्रितम भुजेल, बिकु साकोसका अध्यक्ष केशवप्रसाद सापकोटा लगायत बिभिन्न संघ संस्थाहरुका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सचिवको प्रतिबेदन सचिव राजेन्द्र पौडेलले प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्षको प्रतिवेदन संस्थाका कोषाध्यक्ष हरिमाया सापकोटाले प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष लक्षुमण ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply